
सुनाखरी न्युज/ काठमाडौँ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ( सीआईबी) ले झण्डै २ अर्ब रुपैयाँ बराबरको हुन्डी कारोबार गरेको आरोपमा काठमाडौं नागार्जुनका राजेन्द्रप्रसाद रिमाललाई पक्राउ गरेको छ ।
ब्युरोका अनुसार शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्दै जाँदा रिमाल अनुसन्धानको घेरामा परेका थिए ।
उनले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत खाता प्रयोग गरी १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४ सय ५४ रुपैयाँ बराबरको हुन्डी कारोबार गरेको प्रहरीको दाबी छ ।