
सुनाखरी न्युज/ काठमाडौं ।
हुण्डी सम्बन्धी कारोबारमा संलग्न धादिङ, सत्यदेवीका ४९ वर्ष को राजेन्द्र प्रसाद रिजाल पक्राउ परेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोलाई प्राप्त गोप्य सूचनाको आधारमा त्यस्ता शंकास्पद व्यक्तिहरुको बैंकिङ कारोबार विश्लेषण गर्दै जाने क्रममा निम्न विवरण भएका व्यक्तिले अन्य व्यक्तिहरुसंगको मिलेमतोमा व्यक्तिगत खाता प्रयोग गरी १,८९,६५,३९,४५४।– (एक अर्ब उनानब्बे करोड पैसठ्ठी लाख उनन्चालीस हजार चार सय चौवन्न) बराबरको रकम हुण्डीको माध्मबाट कारोबार गरेको देखिए पश्चात
उनलाई पक्राउ गरेको हो ।
२०८३-०४-१२ गते सम्मानित काठमाडौं जिल्ला अदालतबाट हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा पक्राउ अनुमति लिई ऐ. मितिमा काठमाडौं जिल्ला, नागार्जुन नगरपालिका, वडा नं ८, राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान कार्य जारी रहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।