
सुनाखरी न्युज/ काठमाडौँ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्यमा गडबडी भएको छ ।
चिकित्सकहरूले डा. भट्टराईमा बिनाइन पारोक्सिस्मल पोजिसनल भर्टिगो को लक्षण देखिएको बताएका छन् । यो समस्या हुँदा शरीरको सन्तुलन बिग्रने, चक्कर लाग्ने तथा वाकवाकी वा वान्ता हुने जस्ता समस्या देखिन सक्छन् ।
अस्पताल स्रोतका अनुसार डा. भट्टराईको स्वास्थ्य अवस्था चिकित्सकको निगरानीमा रहेको छ ।