
सुनाखरी न्युज/ काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज ( एमबीएस ) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेका छ ।
रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल घर भएका ३१ वर्षीय अब्दुल सानी हाकिम छन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी ) को टोलीले पक्राउ गरेको हो ।
यसअघि प्रश्नपत्र आउट प्रकरणमा दुई जना पक्राउ परेका थिए । योसँगै पक्राउ पर्ने व्यक्तिको संख्या चार पुगेको छ । एमबीएसको प्रथम सेमेस्टरको प्रश्नपत्र आउट भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।