
सुनाखरी न्युज/ काठमाडौँ ।
सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। सोमबार दिउँसो काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रको सडकमा पीडितहरू प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरूले ‘जग्गा मिलानका नाममा पीडित बचतकर्ताहरूलाई गर्ने ठगी बन्द गर’, ‘सहकारी पीडित बचतकर्ताहरूलाई न्याय देउ’, ‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारीदेऊ’, ‘सहकारी पीडित बचतकर्ता एक होऔं’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन्।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको संयोजकत्वमा सोमबार प्रदर्शन गरिएको हो ।