२०८३ श्रावण १० , आइतवार

आइफोन लुट्न साथीको हत्या : प्रहरी

police-baglung

 

सुनाखरी न्युज/ काठमाडौँ । 

आइफोनको चक्करमा लागेर बागलुङको बडिगाडमा आफ्नै साथीहरुको प्रहारबाट १७ वर्षीय किशोरको हत्या भएको छ । साउन १ गते छिमेकी साथी असिम वनको जन्मदिन मनाउने भन्दै बोलाएका उनका साथीहरुले रातको समयमा रक्सी सेवन गरेको र राती अबेर भएपछि घर पुर्‍याइदिने भन्दै एकान्त स्थानमा पुर्‍याई लजिनको साथबाट आइफोन खोसेर उनीमाथि प्रहार गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।  शव नभेटिएपछि व्यक्ति बेपत्ता पार्नेमा उनीहरु संलग्न भएको आशङ्कामा प्रहरीले पाँच दिन अघि नै पक्राउ गरेको थियो । अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेकोमा शनिबार मात्र शव भेटिएपछि प्रहरीले उनीलाई कर्तव्य ज्यान मुद्दा लगाउने तयारी गरेको प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईँले बताउनुभयो । घटना हुनुअघि साथी असिम वनको जन्मदिन मनाउन लजिनसँगै सुदीप, रेम, ददिसहित ६ जनाले बडिगाड–१ स्थित दगाम्तुम्डाँडा प्राथमिक विद्यालयमा बसि शनिबार बिहान साढे २ बजेसम्म मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।

साउन १ गते छिमेकी साथी असिम वनको जन्मदिन मनाउने भन्दै बोलाएका उनका साथीहरुले रातको समयमा रक्सी सेवन गरेको र राति अबेर भएपछि घर पुर्‍याइदिने भन्दै एकान्त स्थानमा पुर्‍याई लजिनको साथबाट आइफोन खोसेर उनीमाथि प्रहार गरेको खुलेको छ । मुक्का प्रहारबाट बेहोस भएका थापालाई ढुंगामुढाले हानेर हत्या गरेको र साथमा रहेको आइफोन लुटेको पक्राउ परेकाहरुले बताएका छन् । प्रहरीका अनुसार हत्या आरोपमा लजिनका साथीहरु ददी परियार र रेमबहादुर बिकसहित ४ जना पक्राउ परेका छन् ।