
सुनाखरी न्युज/ काठमाडौँ ।
नेपालको लजिस्टिक्स उद्योग पछिल्ला केही वर्षयता तीव्र गतिमा विस्तार भइरहेको छ। ई–कमर्स, डिजिटल व्यापार तथा छिटो र भरपर्दोडेलिभरी सेवाप्रतिको बढ्दो मागसँगै यस क्षेत्रमा नयाँ लगानी र पूर्वाधार विकास पनिउल्लेखनीय रूपमा बढेको छ। यही परिवर्तन बीच उपाय ले पछिल्लो एक वर्षमा हासिल गरेको व्यावसायिक विस्तारले सबैको ध्यान आकर्षित गरेको छ। सन् २०२० मा स्थापना भएको उपायले प्रविधिमा आधारित लजिस्टिक्स सेवा मार्फत नेपालभरका व्यवसाय, अनलाइन विक्रेता, ई–कमर्स, उद्योग तथा उपभोक्तालाई जोड्ने उद्देश्यका साथ आफ्नो यात्रा सुरु गरेको थियो। केही वर्षमै कम्पनीले देशव्यापी वितरण सञ्जाल निर्माण गर्दैनेपालको प्रमुख लजिस्टिक्स सेवा प्रदायक मध्ये को भरपर्दोसेवा प्रदाएकको रुपमा आफुलाई उभ्याउन सफल भपको छ ।
एक वर्षमै उल्लेखनीय उपलब्धि
कम्पनीका अनुसार चालु आर्थिक वर्षउपायका लागिविस्तार र वृद्धिको वर्षबनेको छ। कर्मचारी संख्या, शाखा विस्तार, वितरण संजाल, दैनिक डेलिभरी क्षमता, राजस्वमा योगदान तथा पूर्वाधार विकास जस्ता सबै क्षेत्रमा उल्लेखनीय प्रगतिभएको कम्पनीले जनाएको छ।
गत आर्थिक वर्षसम्म करिब ३८० कर्मचारी रहेको कम्पनीमा अहिले १,५०० भन्दा बढी कर्मचारी कार्यरत छन्। प्रत्यक्ष रोजगारीसँगै हजारौं डेलिभरी पार्टनर, स्थानीयवासीलाई रोजगारी, ट्रान्सपोर्टसाझेदार तथा अन्य सेवा प्रदायकमार्फत अप्रत्यक्ष ५,००० भन्दा अधिक रोजगारी पनिसिर्जना भएको कम्पनीको भनाइ छ। त्यस्तै, ४० शाखाबाट विस्तार हुँदै ४०० भन्दा बढी शाखा तथा सेवा केन्द्र सञ्चालनमा आएका छन्। हाल कम्पनीको सेवा नेपालको सबै जिल्ला तथा ५,००० भन्दा बढी वितरण स्थलमा पुगेको छ। दैनिक डेलिभरी क्षमता पनिउल्लेखनीय रूपमा बढेको छ। केही वर्षअघिदैनिक करिब १,००० पार्सल वितरण गर्नेकम्पनीले अहिले औसत १५,००० पार्सल प्रतिदिन वितरण गरिरहेको जनाएको छ।
कारोवारमा उल्लेख्य वृद्धि
सञ्चालन विस्तारसँगै कम्पनीको वित्तीय प्रदर्शनमा पनिसकारात्मक सुधार आएको छ। उपायको अनुसार चालु आर्थिक वर्षमा कम्पनीले करिब ५४ प्रतिशत कारोवार रकममा वृद्धिहासिल गरेको छ। कम्पनीका अनुसार यो वृद्धिढुवानी सेवामा भएको वृद्धि, देशव्यापी शाखा विस्तार, नयाँ व्यावसायिक ग्राहक, Fulfillment सेवाको विस्तार, बढ्दो ई–कमर्सबजार तथा दैनिक पार्सल भोल्युममा भएको वृद्धिका कारण सम्भव भएको हो।
साँगामा निर्माण हुँदै आफ्नै नेपालकै पहिलो 3PL वेयरहाउस
उपाय वेयरहाउजिङ्गले हाल काभ्रेको साँगामा १८ रोपनी भन्दा धेरै आफ्नै जग्गामा करिब ४५,००० वर्गफुट क्षेत्रफलमा अत्याधुनिक 3PL (Third-Party Logistics) Warehouse निर्माणलाई तीव्र गतिमा अघिबढाइरहेको जनाएको छ। कम्पनीका अनुसार वेयरहाउसको कुल भण्डारण क्षमता करिब १,र४०,००० वर्गफुट बराबर भन्दा अधिक हुनेछ। यस परियोजना आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्नेलक्ष्य राखिएको छ। वेयरहाउस सञ्चालनमा आएपछिStorage, Inventory Management, Pick & Pack, Fulfillment तथा Nationwide Distribution जस्ता एकीकृत 3PL सेवाहरू एउटै स्थानबाट उपलब्ध गराइने कम्पनीले जनाएको छ। साथै कम्पनीले काठमाडौंको पेप्सीकोलास्थित करिब १८,००० वर्गफुट 3PL वेयरहाउसबाट हाल सेवा सञ्चालन गर्दैआएको छ । नयाँ पूर्वाधारले बढ्दो व्यावसायिक मागलाई सम्बोधन गर्नमहत्वपूर्णभूमिका खेल्ने अपेक्षा गरिएको छ। यो वेयरहाउस लजिष्टिक क्षेत्रको बिकासका लागिएक कोशेढुङ्गा साबित हुने कम्पनीले जनाएको छ ।
“पूर्वाधार र जनशक्तिमा लगानी हाम्रो दीर्घकालीन रणनीति हो”
उपायको Fulfillment division का President श्री संगम पौडेलका अनुसार कम्पनीले तत्कालीन बजार आवश्यकता मात्र नभई भविष्यको लजिस्टिक्स उद्योगलाई ध्यानमा राखेर लगानी गरिरहेको जनाइका छन्। “नेपालमा व्यवसाय गर्नेतरिका तीव्र रूपमा परिवर्तन भइरहेको छ। त्यही परिवर्तनसँगै लजिस्टिक्स पनिआधुनिक हुन आवश्यक छ। हामीले निर्माण गरिरहेको 3PL Warehouse ले नेपाली व्यवसायहरूलाई अझ प्रभावकारी, व्यवस्थित र स्केलेबल लजिस्टिक्स समाधान उपलब्ध गराउने विश्वास लिएका छौं।” उहाँका अनुसार कम्पनीको लक्ष्य केवल पार्सल डेलिभरी सेवा प्रदान गर्नुमात्र नभई सम्पूर्णSupply Chain लाई अझ प्रभावकारी बनाई गुणस्तरीय सेवा प्रदान गर्नुहो।
रोजगारी सिर्जनामा महत्वपूर्णयोगदान
उपायको विस्तारसँगै रोजगारी सिर्जनामा पनिउल्लेखनीय योगदान पुगेको कम्पनीले जनाएको छ। कम्पनीको AVP-Human Resources श्री राजु के.सी. का अनुसार पछिल्लो एक वर्षमा कर्मचारी संख्या चार गुणाभन्दा बढी बढ्नुले नेपालको श्रम बजारमा पनिसकारात्मक प्रभाव परेको छ। “हामी कर्मचारी संख्या मात्र बढाइरहेका छैनौं, दक्ष जनशक्तिपनिनिर्माण गरिरहेका छौं। नियमित तालिम, सुरक्षित कार्यवातावरण, करियर विकास र कर्मचारी कल्याणलाई प्राथमिकतामा राखेर उपाय लाई दीर्घकालीन रोजगारीको उत्कृष्ट कार्यस्थल बनाउने हाम्रो लक्ष्य हो।”
डिजिटल व्यापारको विश्वसनीय साझेदार
हाल उपायले ई–कमर्सकम्पनी, साना तथा मझौला व्यवसाय, उत्पादन उद्योग, हाईड्रो पावर प्रोजेक्ट, रिटेल ब्रान्ड लगाएत लाई End-to-End Logistics Solution उपलब्ध गराउँदै आएको जनाएको छ। Seller Portal, Real-Time Tracking, Proof of Delivery (POD), Fulfillment Service, Air Cargo, Integration cargo service, Nationwide Distribution Network तथा Enterprise Logistics Solutions जस्ता सेवामार्फत कम्पनीले डिजिटल व्यापारलाई थप सहज बनाइरहेको जनाएको छ।
आगामी लक्ष्य
उपायले आगामी वर्षहरूमा देशव्यापी नेटवर्कविस्तार, थप नयाँ 3PL Warehousing Facilities, Fulfillment Services तथा AI मा आधारित प्रविधिसहितको आधुनिक लजिस्टिक्स पूर्वाधारमा थप लगानी गर्नेयोजना सार्वजनिक गरेको छ।
President – Fulfillment संगम पौडेलका अनुसार,
“हाम्रो उद्देश्य केवल कम्पनीको वृद्धिहोइन, नेपालको सम्पूर्णलजिस्टिक्स इकोसिस्टमलाई नयाँ स्तरमा पुर् याउनु हो। पूर्वाधार, प्रविधि, जनशक्तिर सेवाको गुणस्तरमा निरन्तर लगानी गर्दैहामी नेपाली व्यवसायहरूको दीर्घकालीन विकासका लागिविश्वसनीय साझेदार बन्न प्रतिबद्ध छौं।” कर्मचारी संख्या, शाखा विस्तार, कारोवारमा वृद्धि, दैनिक पार्सल व्यवस्थापन क्षमतामा वृद्धितथा नयाँ 3PL वेयरहाउस निर्माणजस्ता उपलब्धिले उपायले पछिल्लो एक वर्षमा उल्लेखनीय व्यावसायिक विस्तार हासिल गरेको कम्पनीको दाबी छ। उद्योग विश्लेषकहरूका अनुसार नेपालको लजिस्टिक्स बजार तीव्र रूपमा विस्तार भइरहेका बेला यस्ता पूर्वाधारमा गरिएको लगानीले भविष्यमा उपायको प्रतिस्पर्धात्मक क्षमता अझ सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।