२०८३ श्रावण १० , आइतवार

बुद्धले ल्यायो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

Buddha ATR-72-600-Buddha-1024×512

सुनाखरी न्युज/ काठमाडौं ।

बुद्ध एयरले आज एटीआर(७२(६०० विमान भित्र्याएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ ।

बुद्ध एयरले कल साइन ९ एन(एओएस विमान फ्रान्सको तुलुसबाट ल्याएको हो । यो एटीआर(७२(६०० विमानमा उडान प्रणाली ९एभियोनिक्स० पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको जनाइएको छ । यस सिरिजका विमान कम इन्धन खपत गर्नाले यो वातावरण मैत्री मानिन्छन् ।

बुद्ध एयरले आयात गरेको एटीआर(७२(६०० सिरिजको विमानमा आरएनपी–एआर एप्रोच प्रणाली जडान गरिएको छ । उक्त प्रणालीको सहयोगमा काठमाडौँ र भैरहवा विमानस्थलमा करिब ९०० मिटर भिजिबिलिटीमा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सकिन्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आरएनपी(एआरमा आधारित उडान प्रक्रिया कार्यान्वयनका लागि अध्ययन गरिरहेको छ । यो प्रक्रिया लागू भएपछि करिब २००० मिटर भिजिबिलिटी रहेको अवस्थामा बुद्ध एयरको यस विमानले सुरक्षित उडान र अवतरण गर्न सम्भव हुने देखिएको छ ।

कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ र अवरोधहरू घट्नेछन् बुद्ध एयरको विश्वास छ । यसबाट उडान सुरक्षा कायम रहनुका साथै हवाई सेवाको गुणस्तर र विश्वसनीयता पनि बढ्नेछ ।

हाल ‘इन्ट्रयुमेन्ट ल्याण्डिङ सिस्टम’ ९आइएलएस० प्रक्रियाअनुसार पोखराका लागि ३१०० मिटर तथा काठमाडौँ र भैरहवाका लागि १६०० मिटर ‘भिजिबिलिटी’ आवश्यक पर्छ ।

बुद्ध एयरले आगामी अगष्टको अन्तिमतिर एक एटीआर(७२(६०० सिरिजको विमान ल्याउनेसमेत जानकारी दिएको छ । त्यसैगरी आगामी केही महिनाभित्र यस्तै, सिरिजका थप दुई विमान पनि ल्याउने भित्र्याउने योजनाअनुसार कार्य गरिरहेको छ । बुद्ध एयरसँग हाल एउटा एटीआर(४२(३२०, १५ वटा एटीआर(७२(५०० र एउटा एटीआर(७२(६०० विमान छन् ।

(रासस