
सुनाखरी न्युज/ काठमाडौं ।
दक्षिणपश्चिम फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण स्पेनमा आपतकाल घोषणा गरिएको छ । आगो थप फैलिँदै जाँदा फ्रान्सको बोर्डो सहरसमेत जोखिममा परेको छ ।
फ्रान्सका एक अधिकारीले आगलागी अझै नियन्त्रणमा आउन धेरै समय लाग्ने संकेत गर्दै ‘हामी आगो नियन्त्रणको अवस्थाबाट अझै धेरै टाढा छौं’ भनेका छन् ।
डढेलोका कारण फ्रान्स र स्पेनमा हालसम्म २ लाख ५० हजारभन्दा बढी मानिस विस्थापित भएको बीबीसीले जनाएको छ । फ्रान्समा बोर्डोको पश्चिमका सात वटा नगरका बासिन्दालाई शनिबार राति घर छाड्न निर्देशन दिइएको थियो ।
डढेलो बोर्डोबाट करिब ४० देखि ५० किलोमिटर टाढा पुगेको थियो । यद्यपि तीव्र हावाका कारण धुवाँ सहरसम्म पुगेपछि स्थानीयले हावामा पोलिएको गन्ध महसुस गरेको बताएका छन् ।