२०८३ श्रावण ९ , शनिवार

साउन ९ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

mangalbarko-rashifal-1024×576

 

सुनाखरी न्युज/ काठमाडौँ ।

मेष  :  थालेको काम अधुरो, रोगको भय, व्यर्थमा खर्च हुने सम्भावना भएकाले सजग रहनुहोला ।

वृष  :  समय शुभ फलदायक छ । जीवनसाथीसँगको सम्बन्ध प्रगाढ हुँदा लाभ, समस्या समाधान होला ।

मिथुन  :  दिन अनुकूल छ । धन प्राप्ति, प्रतिस्पर्धीहरुमाथि विजय, पढाइमा सफलता हुने देखिन्छ ।

कर्कट :  शुभ समय भएकाले कार्य सफल, प्रतिफल प्राप्ति, इष्टमित्रबाट सहयोग हुने देखिन्छ ।

 

सिंह  :  समय त्यति अनुकूल देखिँदैन । अपच, झाडापखालाको सम्भावना, तनाव नहोला भन्न सकिन्न ।

कन्या  :  दिन धेरै राम्रोसँग बित्ला । आर्थिक लाभ, प्रतिष्ठा वृद्धि, सम्मानित हुने सम्भावना छ ।

तुला  :  समय अनुकूल भएकाले धन प्राप्ति, बौद्धिक क्षमता वृद्धि, सुख–सन्तोषको अनुभूति होला ।

वृश्चिक :  समय बलवान् छ । खाद्यान्न–मिष्ठान्न भोजन, उपहारादि वस्तु पाइने सम्भावना छ ।

 

धनु  :  सजग रहनुस्, खर्च, चोटपटकको सम्भावना, काममा बाधा–व्यवधान नहोला भन्न सकिन्न ।

मकर  :  शुभ समय भएकाले कसैबाट केही पाइने सम्भावना, इष्टमित्रबाट सहयोग, सन्तोष हुनेछ ।

कुम्भ  :  थोरै परिश्रम गर्दा पनि आनन्दको महसुस, गरेका कामबाट सन्तुष्टि एवम् लाभ हुने देखिन्छ ।

मीन :  राज्यका तर्फबाट फाइदा होला । मान–प्रतिष्ठा वृद्धि, बोलीको कदर हुने समय आएको छ ।