२०८३ श्रावण ९ , शनिवार

डा. केसीको स्वास्थ्य अवस्था कमजोर, ग्लुकोजको मात्रा घट्यो

govinda-kc–1536×1024

सुनाखरी न्युज/ काठमाडौँ ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डा.  गोविन्द केसीको २४ औँ सत्याग्रहको तेस्रो दिन उनको स्वास्थ्य अवस्था बिस्तारै कमजोर बन्दै गएको छ। डा.  केसीको उपचारमा संलग्न चिकित्सक डा.  अमृत जैशीका अनुसार शुक्रबार राति ५६ एमजीरडीएल रहेको ब्लड सुगर शनिबार बिहान ६ बजे गरिएको परीक्षणमा घटेर ५० एमजीरडीएलमा पुगेको छ। साथै, उनको रक्तचापमा पनि उतारचढाव  ( फ्लक्चुएसन)  देखिएको चिकित्सकहरूले बताएका छन्। मांसपेशी बाउँडिने र बोल्न गाह्रो हुने जस्ता स्वास्थ्य समस्या थपिएका छन्।

अनशन बस्नुअघि मात्रै खुट्टाको शल्यक्रिया गरिएकाले उनलाई हिँडडुल गर्न र बाथरुम जानसमेत निकै कठिन भइरहेको छ। उनको स्वास्थ्यको निरन्तर अनुगमन तथा थप चेकजाँचका लागि सेती प्रादेशिक अस्पतालका फिजिसियन डा। जगेन्द्र दुवालको नेतृत्वमा गठित मेडिकल टिम खटिएको छ।उनको स्वास्थ्य अवस्थाको निरन्तर निगरानीका लागि सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. गजेन्द्र दुवालको नेतृत्वमा मेडिकल टोलीले नियमित परीक्षण र उपचार गरिरहेको छ।

यसैबीच, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार साँझ ५ बजे डा .  जैशीसँग र राति ११ बजे डा.  केसीसँग टेलिफोनमार्फत संवाद गरेका थिए। संवादका क्रममा डा.  केसीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त गरी गेटामा ३०० शय्याको पूर्णकालीन अस्पताल सञ्चालन गर्नेलगायत आफ्ना प्रमुख माग पुनः स्पष्ट रूपमा राखेका थिए।