२०८३ श्रावण ८ , शुक्रवार

लेखा अधिकृत २१ हजार घुससहित पक्राउ

arrested

सुनाखरी न्युज/ काठमाडौँ ।

काठमाडौं महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत उद्वब भट्टराई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्। उनलाई अख्तियार अनुसन्धान आयोगको टोलीले २१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

सेवाग्राहीसँग अनावश्यक दुःख–हैरानी दिई २१ हजार घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले कारबाही गरेको हो।

सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, उनीमाथि थप अनुसन्धान भइरहेको छ ।