२०८३ श्रावण ८ , शुक्रवार

शिशुको डायपरमा लुकाएर खैरो हेरोइन ल्याउँदै गरेका दम्पतीसहित चार जना पक्राउ

1784880360-nVWiW

सुनाखरी न्युज/ काठमाडौँ ।

झापाको भद्रपुरबाट दुई महिनाका शिशुको डायपरभित्र लुकाइछिपाइ ल्याइएको ब्राउन सुगरसहित अटो चालक र एकै परिवारका सदस्यहरूलाई नियन्त्रणमा लिएको छ। बरामद पदार्थको तौल प्लास्टिकसहित ९ ग्राम ८५ मिलिग्राम र प्लास्टिकबाहेक ८ ग्राम ९४ मिलिग्राम रहेको छ।

प्रहरीले अटोसहित चारै जनालाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।​

प्रहरीका अनुसार शंकास्पद अवस्थामा भेटिएको उक्त अटो र त्यसमा सवार व्यक्तिहरूलाई चेकजाँच गर्दा २ महिनाका शिशु सोहेल आलमले लगाएको डायपरभित्र प्लास्टिकले पोकापारी लुकाएको अवस्थामा ब्राउन सुगर फेला परेको हो।