२०८३ श्रावण ६ , बुधवार

कारमा आगो लगाएर आत्मदाह गरेको प्रहरीको निष्कर्ष

Capture-65

सुनाखरी न्युज/ काठमाडौँ ।

काठमाडौँको कीर्तिपुर, ट्याङ्लाफाँटमा मङ्गलबार कारमा आगो लागेर चालकको मृत्यु भएको घटनामा प्रहरीले आत्मदाहको निष्कर्ष निकालेको छ। मेडिकल व्यवसायमा घाटा भएदेखि मानसिक समस्यामा रहेका श्रेष्ठले समय – समयमा अस्वाभाविक व्यवहार देखाउने गरेको पारिवारिक स्रोतले जनाएको छ ।

नजिक रहेका एक युवकले आगो देखेपछि कारको अगाडिको ढोका खोल्ने प्रयास गरेका थिए।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक  ( एसपी )  पवनकुमार भट्टराईका अनुसार काठमाडौँको नरदेवीका स्थायी बासिन्दा श्रेष्ठ हाल कीर्तिपुरस्थित ग्रीन उड भिल्लामा बस्दै आउनुभएको थियो।

कोभिड महामारीको समयमा विदेशबाट अत्यावश्यक स्वास्थ्य सामग्री आयात गर्ने व्यवसायमा संलग्न श्रेष्ठको बजारबाट रकम उठ्न नसकेपछि ठूलो ऋण लागेको पारिवारिक स्रोतले जनाएको छ।