२०८३ श्रावण ५ , मंगलबार

गाडीको सिटमै ड्राइभर मृत फेला

Capture-65

सुनाखरी न्युज/ काठमाडौँ ।

कीर्तिपुरमा जलेको अवस्थामा भेटिएको कारभित्र एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् ।

काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा बा५च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो ।

शव पूर्णरुपमा जलेको भेटिएको र पहिचान हुन नसकेको एसपी भट्टराइको भनाइ छ । कीर्तिपुरको चाँदनीचोकस्थित एक खाली जग्गामा पार्किङ गरेको अवस्थामा कार जलेको छ ।