
सुनाखरी न्युज/ काठमाडौँ ।
बौद्धमा खाजाघर सञ्चालन गर्दै आएकी एक महिलाले आत्मदाहको प्रयास गरेकी छिन्। बौद्ध गेटअगाडि आत्मदाहको प्रयास गरेकी उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको छ।
गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।
उनले श्रीमान्सँग विवाद हुँदा आफ्नै खाजाघर पछाडिको पार्किङमा आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएको उनले बताए ।जिल्ला प्रहरी काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार हाल उनको कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचार भइरहेको छ ।
घटना भएलगत्तै गोकर्णेश्वर–६ स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो । स्थित गम्भीर भएपछि कीर्तिपुर लगिएको हो । विवाहित गुरुङ बौद्धमै खाजा घर चलाउने गर्दछिन् । आत्मदाह प्रयासको कारण खुलेको छैन ।