२०८३ श्रावण ५ , मंगलबार

बजेट कार्यान्वयन मार्गदर्शन : फागुनसम्म  विनियोजित बजेट खर्च गर्नुपर्ने

MOF

सुनाखरी न्युज/ काठमाडौं ।

चालु आर्थिक वर्षका लागि विनियोजित बजेट आगामी फागुनसम्म खर्च गरिसक्नुपर्ने भएको छ ।

अर्थ मन्त्रालयले चालु आव २०८३-८४ को बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै त्यस्तो व्यवस्था गरेको हो ।

 

मन्त्रालयले मार्गदर्शन मार्फत आर्थिक वर्ष फागुनसम्म विनियोजित बजेट खर्च गरिसक्नुपर्ने व्यवस्था गरेको हो । खर्च नहुने विनियोजित बजेट आगामी चैत १५ सम्म मन्त्रालयमा समर्पण गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

मन्त्रालयगत बजेट सूचना प्रणालीमा समावेश भएका कार्यक्रम स्वीकृत कार्यक्रम र खर्च गर्ने अख्तियारी मानी सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले बजेट निकासा गर्ने छ ।