२०८३ श्रावण ५ , मंगलबार

शेयर बजारका समस्या समाधानका लागि प्रधानमन्त्री शाहको प्रतिबद्धता

pm-balen-cover1

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

सिंहदरबारमा सोमबार  पुँजी बजार, धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरुसंग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजार र धितोपत्र व्यवसायलाई व्यवस्थीत बनाउनका लागि काम भइरहेको भन्दै यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।

व्यवसायीहरुका जायज मागहरू कार्यान्वयनमा लैजानका लागि सरोकारवाला निकायलाई बोलाएर छलफल गर्ने प्रतिबद्धता प्रधानमन्त्री शाहले जनाएका हुन् ।

पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्या समाधानका लागि नयाँ समिति बनाइरहनु भन्दा पनि सम्बन्धित निकायहरूले नै तुरुन्त काम अगाडि बढाउने प्रधानमन्त्रीले आश्वासन दिएको छलफलमा सहभागी शेयर ब्रोकर तथा पुँजीबजार विज्ञ एवं नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजीबजार समितिका सभापति प्रियराज रेग्मीले जानकारी दिए ।