२०८३ श्रावण ५ , मंगलबार

छात्राहरूलाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक र चालक पक्राउ

arrested

सुनाखरी न्युज/ काठमाडौं ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई दुर्व्यवहार गरेको आरोपमा विद्यालयका दुई जना शिक्षक र एक जना सवारी चालकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

प्रहरीका अनुसार विद्यालयका केही छात्रालाई मोबाइलमार्फत व्यक्तिगत सन्देश  ( म्यासेज)  पठाउने, परीक्षामा उत्तीर्ण गराइदिने आश्वासन दिने तथा अमर्यादित व्यवहार गरेको गरेका जानकारीमा आएपछि शिक्षक र सवारी चालकलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा–१२ का ३५ वर्षीय अबिरल मास्के रहेको प्रहरीले जनाएको छ ।