
सुनाखरी न्युज/ काठमाडौं ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएर सम्पर्कविहीन भएका महिलाहरू अन्ततः सुरक्षित अवस्थामा परिवारको सम्पर्कमा आएका छन्। भीमदत्त नगरपालिका- १९ बागफाँटाका महिलाहरूलाई खोज्न सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासन परिचालन गरिएको थियो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेका अनुसार सबै संयन्त्र परिचालन गरी खोजी तीव्र पारिएकै क्रममा महिलाहरू परिवारको सम्पर्कमा आएको जानकारी प्राप्त भएको हो। उनले सबै महिला सुरक्षित रहेको बताए।
यसैबीच, बेल्डाँडी गाउँपालिका–२ का निकुञ्जभित्र हराएका तीन जना महिलालाई भने नेपाली सेनाको सहसेनानी सुमन जिसी नेतृत्वको टोलीले सोमबार बिहान सकुशल उद्धार गरेको छ। उद्धारपछि उनीहरूलाई परिवारको जिम्मा लगाइएको सेनाले जनाएको छ।