२०८३ श्रावण २ , शनिवार

ताेलामा ६९ सयले सुनकाे भाउ घट्दा, चाँदी पनि सस्तियाे

Gold Silver

सुनाखरी न्युज/ काठमाडौं।

नेपाली बजारमा पछिल्लो एक सातामा सुन र चाँदी दुवैको मूल्यमा उतारचढाव देखिएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार साताको सुरुवातको तुलनामा साताको अन्त्यसम्म सुन प्रतितोला ६ हजार ९०० रुपैयाँले घटेको छ भने चाँदी २७५ रुपैयाँले सस्तो भएको छ ।

महासंघका अनुसार २८ असारमा छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ रहेको थियो । त्यसयता मूल्य लगातार घटबढ हुँदै १ साउनमा २ लाख ८१ हजार १ सय रुपैयाँमा झरेको छ ।यस अवधिमा सुनको मूल्य समग्रमा ६ हजार ९०० रुपैयाँले घटेको हो ।

यस्तै, चाँदीको मूल्य २८ असार मा प्रतितोला ४ हजार ४७५ रुपैयाँ रहेकोमा १ साउनसम्म आइपुग्दा ४ हजार २ सय रुपैयाँ कायम भएको छ । यसबीच चाँदी प्रतितोला २७५ रुपैयाँले घटेको देखिन्छ ।