
सुनाखरी न्युज/ काठमाडौं ।
संयुक्त राज्य अमेरिकामा ट्रम्प प्रशासनले विदेशी विद्यार्थीहरूलाई थप कडिकडाउ गर्ने आफ्नो योजनाको अन्तिम सूचना सार्वजनिक गरेको छ। ती योजनाअन्तर्गत आइन्दा विदेशी विद्यार्थीहरूले सङ्घीय सरकारको अनुमति नलिईकन चार वर्षभन्दा बढी अमेरिकामा बस्न पाउने छैनन्।पाठ्यक्रमका कार्यक्रम परिवर्तन गर्न तथा एकबाट अर्को विश्वविद्यालय वा कलेजमा सर्न पनि अब निकै रोक लाग्ने छ।
पाठ्यक्रमका कार्यक्रम परिवर्तन गर्न तथा एकबाट अर्को विश्वविद्यालय वा कलेजमा सर्न पनि अब निकै रोक लाग्ने छ । हालसम्म अमेरिकामा उच्च अध्ययनका संस्थाहरूले विद्यार्थी भिसाको अवधि थपिदिने अधिकार पाएका थिए । नयाँ नियम यही सेप्टेम्बर महिनाबाट लागु हुने भनिएको छ ।नयाँ नियम यही सेप्टेम्बर महिनाबाट लागु हुने भनिएको छ।
डिपार्टमन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार यसले “भिसाको जथाभावी दुरुपयोग रोक्ने, तथा नियमित निगरानीमार्फत् राष्ट्रिय सुरक्षा सुदृढ हुने“ छ। तर असोसिएशन अफ इन्टरनेशनल एजुकेटर्सले नयाँ नियमलाई ‘अनावश्यक तथा गलत रूपमा निर्देशित’ भनेको छ।
यसअघि एफवन वर्गका विदेशी विद्यार्थी भिसा र जेवन एक्चेन्ज भिसा भएकाहरूलाई तिनको सो “हैसियतको अवधिभरि“का निम्ति भिसा जारी गरिन्थ्यो। त्यसको अर्थ उनीहरूले डिग्री हासिल नगरुन्जेल बस्न पाउँथे। नयाँ नियमले त्यसमा समयसीमा तोकिदिएको छ।तर असोसिएशन अफ इन्टरन्याश्नल एजुकेटर्सले नयाँ नियमलाई अनावश्यक तथा गलत रूपमा निर्देशित भनेको छ।