२०८३ श्रावण १ , शुक्रवार

नयाँ कर नीति आजदेखि कार्यान्वयनमा

bujet

सुनाखरी न्युज/ काठमाडौं ।

आर्थिक वर्ष सुरु भएसँगै सरकारले वृद्धि गरेको आयकरको न्यूनतम सीमाको नयाँ प्रावधान आजदेखि लागु भएको छ ।

आर्थिक वर्ष २०८३-८४ देखि सरकारले व्यक्तिका हकमा आयकरको न्यूनतम सीमा १० लाख पुर्‍याएको छ । सरकारले व्यक्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत बिन्दुले घटाएको छ ।

 

अर्थ मन्त्रालयका अनुसार करको बोझ घटाउन आयको न्यूनतम सीमा बढाइएको हो । आर्थिक ऐन २०८३ अनुसार वार्षिक १० लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भए अब १ प्रतिशतमात्र कर लाग्ने छ ।