
सुनाखरी न्युज/ काठमाडौं ।
सम्पत्ति छानबिन आयोगलाई कुनैपनि कामकारबाही अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले जारी गरेको अन्तरिम आदेश विहीबार बिहान सर्वोच्च अदालतले सार्वजनिक गरेको हो । अधिवक्ता मणिराम उपाध्यायले सर्वोच्चको अन्तरिम आदेशपछि समेत आयोगले आफ्ना कामकारबाही नरोकेको भनी सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।
सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगबाट जारी भएको सूचनाको दोस्रो खण्ड कार्यान्वयन नगर्नु भनी आदेश दिएको हो ।