२०८३ असार ३२ , बिहिवार

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति?

Everest-Color

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज  ( नेप्से )  मा एभरेष्ट कलर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। बिहिबार नेप्सेले कम्पनीको ३० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो । कम्पनीको कुल ३० लाख कित्ता सेयर सूचीकृत भएको हो ।

जसमा सर्वसाधारण सेयरधनीलाई बिक्री गरिएको कुल ७ लाख ९० हजार कित्ता सेयर रहेको छ भने संस्थापकहरुले लगानी गरेको २२ लाख १० हजार कित्ता सेयर रहेको छ ।

अब कम्पनीको धितोपत्र दोस्रो बजारको कारोबार भोलि साउन १ गते शुक्रबारबाट कारोबार हुनेछ। प्रथम कारोबारका लागि नेप्सेले कम्पनीलाई न्यूनतम प्रतिकित्ता १०० रुपैयाँदेखि अधिकतम प्रतिकित्ता ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकेको छ।