२०८३ असार ३१ , बुधवार

एलपी ग्यासको वितरण व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण

rahabar-ansari

सुनाखरी न्युज/ काठमाडौं ।

खाना पकाउने ग्यास (एलपी ग्यास) को वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले सरकारसँग माग गरेका छन् ।

समितिको बैठकमा बुधवार बोल्दै सभापति अन्सारीले ग्यास आपूर्ति शृंखलामा देखिएका समस्या समाधानका लागि ठोस कदम चाल्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन् ।

 

सभापति अन्सारीले प्रत्येक घरधुरीमा कुन कम्पनीका कतिवटा सिलिण्डर छन् भन्ने यकिन तथ्याङ्क राख्न ‘हाउसहोल्ड म्यापिङ्ग’ र एकीकृत सूचना प्रणाली ९इन्टिग्रेटेड सिस्टम० को आवश्यकता रहेको बताए ।

‘कुन घरमा कुन कम्पनीको कति सिलिण्डर पुगेको छ भन्ने कुराको जानकारी सम्बन्धित कम्पनी र नियामक निकायलाई हुनुपर्छ । यसका लागि स्थानीय तहसँगको समन्वयमा एकीकृत प्रणाली लागू गर्न ढिलाइ गर्नु हुँदैन । हामीलाई ‘गम्भीर छौँ’ भन्ने जस्ता परम्परागत आश्वासन मात्र चाहिएको होइन,’ उनले भने ।