
सुनाखरी न्युज/ काठमाडौं ।
रौतहटको गरुडामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका छन् ।मंगलबार राति करिब १ बजे स्थानीय देबेन्द्र सहनीका २८ वर्षीय छोरा गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
घटनापछि उनलाई तत्काल बेटर नेपाल अस्पताल, गरुडामा उपचारका लागि लगिएको थियो। चिकित्सकका अनुसार उनको घाँटीदेखि तलसम्म शरीरको करिब ३१. ५ प्रतिशत भाग जलेको छ। हाल उनको अवस्था मध्यम रहेको जनाइएको छ। अस्पतालबाट बिहान ४ बजे प्रहरीलाई सूचना प्राप्त भएपछि प्रहरी चौकी बिर्ताबाट प्रहरी सहायक निरीक्षक मनोज दासको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो।
घटनापछि उनलाई तत्काल उनलाई गरुडामा रहेको एक अस्पतालमा उपचारका लागि लगिएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता नायब उपरिक्षक बसन्त गौतमका अनुसार घाइतेको घाँटीदेखि तलसम्म करिब ३१ प्रतिशत शरीर जलेको छ । उनको अवस्था मध्यम रहेको बताइएको छ ।