२०८३ असार ३१ , बुधवार

सिंह्दरबार अगाडी अखिलको विरोध प्रदर्शन ,अध्यक्ष धामीसहित सात जना पक्राउ

birod_9WPpnRWq6l

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेको छ । सोमबार काठमाडौँका सञ्चारगृह र सडकमा शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाको विरोधमा अनेरास्ववियुले बुधबार बिहान सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेको थियो।

सोही क्रममा अध्यक्ष धामीसहितका विद्यार्थी नेताहरू पक्राउ परेको अनेरास्ववियुका नेता गोपाल नेपालले जानकारी दिए। प्रदर्शनमा सहभागीहरुले गरिबको आवाज दबाउन पाइँदैन लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

पक्राउ पर्नेमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामी, निर्वाचन आयोगका अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय समिति सचिव सुदीप थापा र सिरिस बुढा रहेका छन्।