२०८३ असार ३१ , बुधवार

आजदेखि भरी सिलिन्डर ग्यास किन्न पाइने

aditya gas

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल आयल निगमले आज बुधबारदेखि भरी सिलिन्डर ग्यास १४।२ केजी बिक्री गर्ने निर्णय गरेको छ ।

यसअघि निगमले २९ फागुनबाट ७।१ केजी मात्र ९आधा सिलिन्डर० ग्यास बिक्री वितरण गर्दै आएको थियो । निगमले बुधबारदेखि मुलुकभरि नै साविककै १४।२ केजी ग्यास भर्ने र पूरा मूल्य २ हजार ६० रुपैयाँमा बिक्री वितरण गर्ने व्यवस्था मिलाएको एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

७.१ केजीको ग्यास सिलिन्डर पूर्ण रुपमा प्रतिस्थापन नहुँदासम्म भने दुबै सिलिण्डरको बिक्री हुने निगमले जनाएको छ ।