२०८३ असार ३० , मंगलबार

सेयर बजार घटेपछि सेबोन घेराउ गर्न पुगे लगानीकर्ता

sebon-laganikarta

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरू धितोपत्र बोर्ड घेर्न पुगेका छन् ।  मंगलबार बिहान भेला भएका लगानीकर्ताहरूले बजारको निरन्तर गिरावटप्रति असन्तुष्टि जनाउँदै ललितपुरको खुमलटारस्थित बोर्डको कार्यालय पुगेका हुन्।

सेयर लगानीकर्ता तिलक कोइरालालगायतको समूह बिहान ९ बजे बोर्डको कार्यालय पुगेको हो । तर, उनीहरूलाई प्रहरीले भित्र छिर्न भने दिएको छैन ।

बोर्ड अध्यक्षबाट आजै सेयरबजार रेस्क्यु प्लान सार्वजनिक गर्नेगरी विरोध कार्यक्रम रोकिएको उनको भनाइ छ ।