२०८३ असार २८ , आइतवार

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन

ashwin-raut_gX4dKGztBc

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार आज बिहान भान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका थिए ।

​घटनापछि उनलाई गम्भीर अवस्थामा वीर अस्पताल पुर्‍याइएको थियो । आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भएका राउतलाई वीर अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो ।

उपचारकै क्रममा उनको निधन भएको हो । उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो ।