
सुनाखरी न्युज/ काठमाडौं ।
कागेश्वरी मनोहरा सुनचाँदी ब्यवसायी संघले आर्थिक बर्ष २०८३-८४ को बजेटले गरेको नयाँ कर नीतिका बिषयमा आफ्ना सदस्य ब्यवसायीहरुलाई प्रशिक्षण कार्यक्रम आयोजना ग¥र्यो ।
शुक्रबार काठमाडौंको पेप्सिकोलामा शीप प्रवद्र्धन शुल्क र भ्याट बील विजक सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।
संघका अध्यक्ष प्रदीप बिश्वकर्माको अध्यक्षतामासो कार्यक्रम सम्पन्न भएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेसरत्न शाक्यको प्रमूख आतिथ्यतामा भएको सो कार्यक्रममा आन्तरिक राजस्व कार्यालय कोटेश्वरका कर अधिकृतहरुले ब्यवसायीहरुलाई प्रशिक्षण दिनु भएको थियो ।
प्रशिक्षण कार्यक्रमको उद्घाटनका क्रममा प्रमूख अतिथि शाक्यले ब्यवसायिहरुले अबलम्वन गर्नुपर्ने बिभिन्न नीतिहरु मध्ये कर नीति पनि एक भएकोले यसतर्फ सजग र सचेत हुनुपर्ने खाँचो औंल्याउनु भयो ।
त्यसक्रममा उहाँले कागेश्वरी मनोहरा सुनचाँदी ब्यवसायी संघले सदस्य ब्यवसायीहरुलाई सुसुचित गराउने उद्धेश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरेको मा त्यसको सह्याहना गर्नुभयो ।
त्यसक्रममा आन्तरिक राजस्व कार्यालय कोटेश्वरका प्रमूख नारायण प्रसाद रेग्मीले कर प्रणालीको बिषयमा सवैले जानकारी राख्नुपर्ने बताउनुभयो ।

कर्यक्रममा संघका निवर्तमान अध्यक्ष वुद्धि गदालले ब्यवसायीहरुको हक अधिकारको संरक्षण र संवद्र्धनका लागि संघले निरन्तर पहल गर्दै आएको बताउनुभयो ।

संघका महासचिव शुब्बा विश्वकर्माले सञ्चालन गर्नुभएको सो कार्यक्रममा आन्तरिक राजस्व कार्यालय कोटेश्वरका कर अधिकृत विष्णु सिग्देश प्रमूख प्रशिक्षकका रुपमा रहनु भएको थियो । कोटेश्वर प्रहरी प्रभावका प्रमूख एक बहादुर कुँबर लगायतका ब्यक्तिहरुको पनि सो कार्यक्रममा उपस्थिति रहेको थियो ।
कर्यक्रममा कागेश्वरी मनोहरा सुनचाँदी ब्यवसायी संघमा आवद्ध ब्यवसायीहरुलाई प्रशिक्षण दिइएको थियो ।
दुई सत्रमा आयोजना गरिएको कार्यक्रमकमो पहलिो सत्र उद्घाटन समारोह सम्पन्न भयो भने दोस्रो सत्रमा ब्यवसायीहरुलाई प्रशिक्षण दिइएको थियो ।