२०८३ असार २६ , शुक्रवार

अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

death

सुनाखरी न्युज/ काठमाडौं ।
गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका–८ माकलबारीका ४१ वर्षीय विष्णु थापाको मृत्यु भएको हो ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित पाँचपोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिन्डर र दुई वटा अग्नि नियन्त्रक यन्त्र ‘लोड’ भएको सवारीसाधनको सिलिन्डर विष्फोट भएको हो । (रासस)