२०८३ असार २६ , शुक्रवार

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ – एमाले

bhumika-limbu-768×427

 

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमालेले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट विशेष समय लिएर बोल्दै एमाले सांसद भूमिका लिम्बु सुब्बाले गणेश नेपालीको मृत्यु सामान्य घटना नभई राज्यको जवाफदेहितासँग जोडिएको विषय भएको बताइन् ।

‘ यसको जिम्मेवारी सरकारले लिनुपर्छ । गणेश नेपालीको मृत्यु केवल एउटा नेपालीको मृत्यु मात्रै होइन,’ उनले भनिन् । राज्यले लिने ट्राफिक जरिवना उचित हो वा होइन भनेर गणेश नेपालीको अनुहारमा हेर्न पनि उनले आग्रह गरिन् ।  यो घटनाको छानबिन गर्न पनि उनले माग गरिन् ।