२०८३ असार २६ , शुक्रवार

गणेश नेपालीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइँदै

binod

सुनाखरी न्युज/ काठमाडौं ।

आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाउने तयारी गरिएको छ। वीर अस्पतालका सूचना अधिकारी डा.  प्रकाश बुढाथोकीका अनुसार, उनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टका लागि पठाउन लागिएको हो ।

गणेश नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको वीर अस्पतालमा सघन उपचारका क्रममा शुक्रबार निधन भएको थियो।

‘पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालसँग समन्वय गर्ने काम भइरहेको छ । अस्पतालका अनुसार उनका आफन्तले हालसम्म शव बुझिसकेका छैनन्। उता, गणेश नेपालीको निधनपछि काठमाडौंको माइतीघर, भद्रकाली र वीर अस्पताल अगाडि प्रदर्शनसमेत भइरहेको छ।