२०८३ असार २५ , बिहिवार

सुनको भाउ २ हजार ४ सय रुपैयाँ घट्यो

12-gold

सुनाखरी न्युज/ काठमाडौं ।

बिहीबार सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ८७ हजार १ सय रुपैयाँ थियो । गत बिहीबार सुनको भाउ तोलामा २ लाख ८३ हजार ५ सय रुपैयाँ थियो ।चाँदीको भाउ तोलामा १६० रुपैयाँ घटेको छ ।

अघिल्लो दिन ४ हजार ५०० रुपैयाँ रहेको चाँदी आज ४ हजार ३४० रुपैयाँमा झरेको छ । यसअघि गत बिहीबार चाँदी ४ हजार ४५० रुपैयाँ थियो ।