२०८३ असार २४ , बुधवार

प्रतिनिधिसभा बैठक केही समयका लागि स्थगन

pratinidi-savaa-scaled

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधिसभाको पहिलो बैठक अहिले केहीबेरका लागि स्थगित भएको छ। बैठक प्रारम्भ हुनासाथ सभामुखप्रति लक्षित गरी भएको अभिव्यक्तिपछि उत्पन्न विवादका कारण बैठक स्थगित भएको हो ।

यसैबीच नेकपा  ( एमाले ) का राजेन्द्रकुमार राईले बोल्न सुरु गरेसँगै सभामुख डोलप्रसाद अर्यालले थप नबोल्न र आसन ग्रहण गर्न निर्देशन दिए। त्यसलगत्तै एमालेका अरु सांसदले पनि उठेर विरोध गरे। तर विवादले नयाँ स्वरुप लिएपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगन गरे ।

बुधबारको बैठकको सुरुमा केही सांसदले सीमासम्बन्धी अभिव्यक्तिका विषयमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ माग गरेका थिए । यसअघि बैठकमा सभामुख आर्यालले नेपाली कांग्रेसका प्रमिलाकुमारी गच्छदारलाई बोल्न समय दिएका थिए । सांसद गच्छदारले आफूहरूले पटकपटक आवाज उठाए पनि स्पष्ट जवाफ नआएको गुनासो गरे।