२०८३ असार २३ , मंगलबार

स्वास्थ्यका लागि बढी लाभदायक ? दूध कि दही ?

OIP

सुनाखरी न्युज/ काठमाडौं ।

दूध र दही सजिलै जहाँ पनि पाइने खानेकुरा हुन् । दहीमा प्रोटिन, क्याल्सियम र लाभदायी जीवाणु ( प्रोबायोटिक्स )  प्रशस्त हुन्छन् भने मही पाचन सुधार्ने, शरीरलाई हाइड्रेट राख्ने र गर्मी मौसममा शीतलता दिने प्राकृतिक पेय हो।दूध र दही सजिलै जहाँ पनि पाइने खानेकुरा हुन् । यी दुवैको सेवन स्वास्थ्यका लागि राम्रो हुन्छ । तर दूधभन्दा दही खानु स्वास्थ्यका लागि लाभदायक छ । दूधलाई अमिलो बनाएर दही जमाइने हो । यसमा भएका ब्याक्टेरियाका कारण यसलाई छिट्टो पचाउन सजिलो हुन्छ । यसमा दूधभन्दा बढी प्रोटीन, ल्याक्टोज, क्याल्सियम र अन्य धेरै भिटामिनहरू पाइन्छन् ।

दहीमा भिटामिन ए र बी–१२ हुन्छ अनि क्याल्सियम पनि धेरै हुन्छ । हाड र दाँत बलियो बनाउन यसले मद्दत गर्छ । अस्टियोपोरोसिस जस्ता रोगसँग लड्न यसले मद्दत गर्छ ।दूध छिट्टो पच्दैन र कब्जियत तथा ग्यास पैदा गर्छ । तर दही तुरन्तै पच्छ । खाना खाएपछि दही लिँदा पाचनप्रणालीलाई आराम पुग्छ ।

महीका फाइदा- पचाउन दहीभन्दा हल्का हुन्छ।  गर्मी मौसममा शरीरलाई चिसो र हाइड्रेट राख्न मद्दत गर्छ। अपच, पेट फुल्ने वा खाना खाएपछि हुने असहजता कम गर्न सहयोग पुर्‍याउन सक्छ। बोसो कम हुने भएकाले तौल घटाउने प्रयास गरिरहेका व्यक्तिका लागि राम्रो विकल्प हुन सक्छ।

बच्चा, किशोरकिशोरी, गर्भवती महिला र वृद्धहरू दही बढी लाभदायक हुन सक्छ, किनकि यसमा प्रोटिन र क्याल्सियम बढी हुन्छ। गर्मी मौसम, अपच वा भारी खाना खाएपछि मही राम्रो विकल्प हुन सक्छ। उच्च रक्तचाप भएका व्यक्तिले महीमा धेरै नुन नहालेर सेवन गर्नु राम्रो हुन्छ। दैनिक खानामा दही वा मही दुवै समावेश गर्न सकिन्छ। घरमै ताजा दूधबाट बनाएको दही र त्यसैबाट तयार गरिएको मही सबैभन्दा स्वस्थ विकल्प हो।