
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा द्विपक्षीय भेटवार्ता भएको हो।
यसअघि कान्डाले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका थिए।
चैत १३ गते प्रधानमन्त्री निर्वाचित भए यता शाहले कोही पनि विदेशी प्रतिनिधि तथा कूटनीतिज्ञसँग द्विपक्षीय भेटवार्ता गरेका थिएनन्।
शाहले कान्डासँग भेटवार्ता गरेर आर्थीक र विकास कूटनीति आफ्नो प्राथमिकता भएको सन्देश दिन खोजेका हुन्।