
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८३-८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ।
सञ्चालक समितिबाट स्वीकृत भएपछि आजै मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ।
अहिले व्यवस्थापन समितिको बैठक बसिरहेको एक कार्यकारी निर्देशकले जानकारी दिए। सो बैठक सकिए लगत्तै सञ्चालक समितिको बैठक बस्नेछ।
गभर्नर डा. विश्वनाथ पौडेल भोलिदेखि भुटान भ्रमणमा जाने कार्यक्रम रहेकाले आजै मौद्रिक नीति ल्याउन लागिएको हो।
यसपटक मौद्रिक नीतिको संरचनामा पनि परिवर्तन गरिन लागिएको छ। नियामकीय व्यवस्थाहरू मौद्रिक नीतिमा समावेश नगरिने भएको हो। नियामकीय व्यवस्था नियमित परिपत्रबाट ल्याउन सकिने भएकोले मौद्रिक नीतिमा समावेश नगरिने भएको हो।
सरकारले बजेटमार्फत चालु आर्थिक वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ। यो लक्ष्यलाई सहयोग पुग्ने लचिलो मौद्रिक नीति ल्याउने तयारी भइरहेको छ।