
सुनाखरी न्युज / काठमाडौं ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी जाँचबुझका क्रममा केही विषयमा जानकारी लिनुपर्ने भन्दै विभागले उनलाई ७ दिनभित्र उपस्थित हुन भनेको हो।
पुर्जी बुढानीलकण्ठस्थित देउवा निवासमा समेत टाँस गरिएको जनाइएको छ।जारी गरिएको पुर्जी काठमाडौंको बुढानीलकण्ठस्थित जयवीर देउवाको निवासमा समेत टाँस गरिएको छ । यसअघि विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पनि उपस्थित हुन बोलाइसकेको थियो ।
देउवा दम्पतीले विभागलाई साउन मसान्तभित्र उपस्थित हुने जानकारी गराएको स्रोतले जनाएको छ । विभागले यस प्रकरणमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।