
सुनाखरी न्युज/ काठमाडौं ।
कांग्रेसको असन्तुष्ट पक्षको बैठक चुनदेवीस्थित नयाँ सम्पर्क कार्यालयमा सुरु भएको छ ।
कांग्रेसभित्र ६ महिनादेखि जारी आन्तरिक शक्ति संघर्ष व्यवस्थापन नभएपछि असन्तुष्ट पक्षले चुनदेवीमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको हो । संस्थापन पक्षले पार्टी एकतामा चासो नदिएको भन्दै पूर्वसभापति शेरबहादुर देउवा र खड्का पक्षका नेताहरूले भेला बोलाएका हुन् ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सुरु भएको बैठकमा नेताहरू प्रकाशमान सिंह, शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, रमेश लेखक, वीरबहादुर बलायर, एनपी सावद लगायत छन् । नेता शेखर कोइराला र उनी पक्षीय नेताहरूको भने बैठकमा उपस्थित छैन ।
नेता महतले आजदेखि सुरु बैठकमा कसरी अघि बढ्ने भन्नेबारेमा छलफल हुने बताए ।