२०८३ असार २२ , सोमवार

नेप्सेमा २६ अंकको गिरावट, कारोबार पनि खुम्चियो

Share Building

सुनाखरी न्युज/ काठमाडौं ।
सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २६.२९ अंकले घटेको छ । गत शुक्रबारको तुलनामा ०.९९ प्रतिशतले घटेर सोमबार समग्र नेप्से २६२७।११ अंकमा ओर्लेर बन्द भएको हो ।

कारोबारमा आएकामध्ये सोमबार ३४ कम्पनीको सेयर मूल्य बढ्यो भने २३९ कम्पनीको घट्यो । तर सो दिन ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

सोमबार कुल ४६ हजार २४६ पटकको कारोबारमा ७५ लाख ४० हजार ४१८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब ५५ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । गत शुक्रबार सेयर बजारमा ४ अर्ब ४१ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा उच्च अंकको गिरावट आएको हो ।