
सुनाखरी न्युज / काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज ( नेप्से ) को प्रमुख कार्यकारी अधिकृत ( सिईओ ) मा चुडामणि चापागाईंले राजीनामा दिएका छन्। प्राप्त जानकारी अनुसार चापागाईंले आज अर्थ मन्त्रालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका हुन्।
आफ्नो कार्यकाल बाँकी छँदै उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको स्रोतले जनाएको छ। यद्यपि, राजीनामाको विस्तृत कारण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। चापागाईंले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष व्यक्तिगत कारण देखाउँदै राजीनामा पत्र बुझाएका हुन्। मन्त्रालय स्रोतका अनुसार उनको राजीनामा प्रक्रियागत रूपमा अघि बढाइएको छ।
उनी २०८१ चैत १९ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार नेप्सेको सीईओ पदमा नियुक्त भएका थिए। तर, नियुक्त पाएको १४ महिनामै उनले पद छोडेका छन् ।