
सुनाखरी न्युज / काठमाडौं ।
नेपाली बजारमा सोमबार सुन–चाँदी दुवैको मूल्य घटेको छ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर २ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
आइतबार सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेर ४ हजार ५ सय ८५ रुपैयाँ निर्धारण गरिएको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ६ सय ५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ४ हजार १ सय ५२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।