२०८३ असार २३ , मंगलबार

नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

neymar-768×512-1

सुनाखरी न्युज / काठमाडौं ।

ब्राजिलका स्टार फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने संकेत गरेका छन्। खेलपछि भावुक देखिनुभएका उहाँले अब ब्राजिलको राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुङ्गिएको सङ्केत दिनुभएको हो । मेटलाइफ स्टेडियममा दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्नुभएका ३४ वर्षीय नेयमारले इन्जुरी समयमा पेनाल्टीमार्फत एक गोल फर्काउनुभएको थियो ।  तर नर्वेका अर्लिङ हालान्डको दुई गोलले ब्राजिलको पुनरागमन सम्भव हुन सकेन ।

विश्वकपअघि नै चोट बोकेर प्रतियोगितामा पुगेका नेयमारले ब्राजिलका सुरुआती खेल गुमाएका थिए।  त्यसपछि उनले प्रशिक्षक कार्लो एन्सेलोटीको योजनाअनुसार बिस्तारै टोलीमा पुनरागमन गरेका थिए।पूर्ण रूपमा फिट भएपछि पनि उनी अधिकांश समय वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रिए।  उनले स्कटल्यान्ड र नर्वेविरुद्ध बेन्चबाट मैदान प्रवेश गरेका थिए।ब्राजिलका लागि उनको अन्तिम गोल नर्वेविरुद्ध इन्जुरी समयमा पेनाल्टीबाट आयो। तर पाँच पटकको विश्वविजेता टोलीलाई प्रतियोगितामा जोगाउन त्यो पर्याप्त भएन।

सन् २०१० मा सिनियर टोलीबाट डेब्यु गरेका नेयमारले १२९ अन्तर्राष्ट्रिय खेलमा ८० गोल गर्दै ब्राजिलका पुरुष फुटबलतर्फ सर्वाधिक गोलकर्ता बने। पिँडुलाको चोटका कारण विश्वकपका सुरुआती दुई खेल गुमाएका नेइमारले यस प्रतियोगितामा जम्मा ३८ मिनेट मात्रै खेले।  उनले स्कटल्यान्डविरुद्धको अन्तिम समूह खेलमा करिब १५ मिनेट र नर्वेविरुद्ध अन्तिम १६ को खेलमा करिब २३ मिनेट मैदानमा बिताएका थिए।