२०८३ असार २१ , आइतवार

एपीएफ स्कुलमा आर्थिक अनियमितताको आरोपमा सशस्त्र इन्स्पेक्टर गुरुङ पक्राउ

1000118186-1783235215

सुनाखरी न्युज / काठमाडौं ।

नेपाल एपीएफ स्कुलमा आर्थिक अनियमितता प्रकरणमा इन्स्पेक्टर कल्पना गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।  विद्यालयको रकम त्यहाँ कार्यरत लेखा प्रमुखले रकम दुरुपयोग गरेको दाबीसहित सूचना पुगेपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले त्यसबारे छानबिन सुरु गरेको छ । एपीएफ स्कुलको बैंक खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा राखिएको भन्ने उजुरी सशस्त्रको हेड्क्वार्टरमा परेको थियो ।

स्कुलको रकम व्यक्तिगत खातामा राखेर दुरुपयोग गरिएको उजुरकर्ताको दाबी छ । इन्स्पेक्टर कल्पना गुरुङ एपीएफ स्कुलको लेखामा कार्यरत छिन् । उनीहरू शनिबार ठमेलबाट पक्राउ परेका हुन् । एपीएफ स्कुलको बैंक खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा राखेर उनले अनियमितता गरेको उजुरी परेको थियो ।

विगत ४ वर्षदेखि साढे ४ करोड रुपैयाँ व्यक्तिगत खातामा राखेर दुरुपयोग गरिएको उजुरकर्ताको दाबी छ । सशस्त्र प्रहरीको पत्रको आधारमा काठमाडौं प्रहरीले पक्राउ गरेर उनीहरूमाथि ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।