२०८३ असार २१ , आइतवार

कारागारबाट दीपक भट्ट र प्रदीप अधिकारी लाई सारियो

Jail

सुनाखरी न्युज / काठमाडौं ।

व्यवसायी दीपक भट्ट र नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीको कारागार सरुवा गरिएको छ ।उनीहरू दुवै जना डिल्लीबजार कारागारमा थिए । कसुरदार दीपक भट्ट सम्पत्ति शुद्धीकरण  ( मनी लाउन्डरिङ ) सम्बन्धी कसुरमा विशेष अदालतको आदेशले पुर्पक्षका लागि थुनामा परेका हुन्।

अर्का कसुरदार प्रदीप अधिकारी भने अर्बौंका आयोजनामा अख्तियारको दुरुपयोग र भ्रष्टाचार गरेको अभियोगमा थुनामा छन्।कारागार प्रशासन स्रोतका अनुसार दीपक भट्टलाई ललितपुरस्थित नख्खु कारागारमा सरुवा गरिएको छ। विभागबाट पत्र आएपछि शुक्रबार उनीहरूको कारागार सरुवा गरिएको हो । उनीहरू दुवैजना डिल्लीबजार कारागारमा थिए ।

अन्य कारागार भन्दा खुल्ला ठाउँहरु भएका डिल्लीबजार कारागारमा प्रायजसो भीआईपी कैदीबन्दीहरुको रोजाई पर्दै आएको छ । अहिले पनि भीआईजी कैदीबन्दीले यो कारागार भरिभराउ छ । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजदेखि, एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद इच्छाराज तामाङ यही कारागारमा छन् ।