२०८३ असार २० , शनिवार

नेपाल टेलिकमले नयाँ ‘सदस्यता-आधारित’ सेवा सुरु, हरेक महिना प्याकेज एक्टिभ गर्नुपर्ने झन्झट हट्ने

Nepal-Telecome

सुनाखरी न्युज/ काठमाडौं।

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत वितरणमा आधारित शासनसम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्दै नेपाल टेलिकमले आजदेखि नयाँ सदस्यता-आधारित सेवा सुरु गर्ने भएको छ।

नयाँ व्यवस्था लागू भएसँगै प्रिपेड सेवाग्राहीसहित सबै ग्राहकका लागि विभिन्न आकर्षक मासिक प्याकेजहरू उपलब्ध हुनेछन्।

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमलसिनले शनिबार सामाजिक सञ्जालमार्फत यस विषयमा जानकारी गराएका हुन्।

 

मन्त्री तिमलसिनका अनुसार यो सेवाको मुख्य विशेषता भनेको ग्राहकले एकपटक सदस्यता लिएपछि हरेक महिना पुनः प्याकेज सक्रिय गरिरहनुपर्ने झन्झट रहने छैन। यो प्रणालीले ग्राहकको समय बचत गर्नुका साथै दूरसञ्चार सेवा उपभोगलाई थप सहज र सरल बनाउने विश्वास लिइएको छ।

नेपाल टेलिकमले यस नयाँ सदस्यता-आधारित प्याकेज, त्यसको उपभोक्ता शुल्क, उपलब्ध हुने सुविधाहरू र अन्य आवश्यक प्रावधानहरूको विस्तृत विवरण आजै सार्वजनिक गर्ने तयारी गरेको छ।