२०८३ असार १९ , शुक्रवार

१०० दिनकाे उपलब्धि सार्वजनिक गर्ने तयारीमा बालेन सरकार

balendra-shaha_LndfcFnsia-1134×600

सुनाखरी न्युज /  काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  का नेता बालेन शाह नेतृत्वको सरकारले सय दिने उपलब्धि शनिबार सार्वजनिक गर्ने भएको छ ।प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षासहित सय दिनमा भएका उपलब्धिहरूको सुची सार्वजनिक गर्ने तयारी भइरहेको छ । ‘सरकार गठन भएको असार २० गते शनिबार १०० दिन पुग्छ । जेनजी आन्दोलनपछि गत फागुन २१ मा सम्पन्न निर्वाचनपछि चैत १३ गते शाहको नेतृत्वमा सरकार गठन भएको थियो ।

मन्त्रालयको संख्या कटौती र अनावश्यक दरबन्दी हटाउने प्रयास, सेवाप्रवाहमा सुधारका कदम र प्रक्रियागत झन्झट घटाउने थालनी, कानुन सुधार प्राथमिकतामा र सयभन्दा बढी कानुन संशोधन गृहकार्य, भ्रष्टाचार र वित्तीय अपराधमा आक्रामक छानबिन, सेवाप्रवाह र निर्णय प्रक्रियामा सुधार तथा कर्मचारी सरुवामा पहिलोपटक अनलाइन प्रणालीको थालनीलगायतलाई समेटेर सरकारले गरेका कामको सुची तयार पार्ने काम भएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यको भनाइ छ ।